कोरोना महामारीका कारण दुई वर्ष रोकिएको फेवा नव वर्ष महोत्सवले यसपटक निरन्तरता पाउने भएको छ । होटल संघ पोखराले चैत ३० र वैशाख १ गते पोखराको लेकसाइडमा १७ औं फेवा नव वर्ष महोत्सव गर्ने जनाएको छ ।
पर्यटन पुनरुत्थानको उद्देश्यसहित नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुने महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्म तीन किलोमिटर क्षेत्रमा हुने छ । सडक महोत्सवको झल्को दिने गरी महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
Post Views: 23