माओवादी केन्द्र पोखरा महानगरका नवनिर्वाचित पदाधिकारीकाे पदस्थापन

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिमा निर्वाचित अध्यक्ष लगायतका पदाधिकारीको पदस्थापन गरिएको छ ।
शिवालयचोकस्थित पार्टी कार्यालयमा आज नवनिर्वाचित अध्यक्ष हरिनारायण गिरी (विज्ञान) लगायतका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटीका सदस्य एवं गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पदस्थापन गराएका हुन् । उनले निर्वाचित पदाधिकारीलाई माला तथा खादा लगाएर सम्मान गर्दै निर्वाचित टिमले पोखरामा पार्टी संगठनलाई नयाँ उचाईमा पुयाउन सफल हुने विश्वास व्यक्त गरे ।
माओवादीले शुक्रबार मतदानका माध्यमबाट पदाधिकारी चयन गरेको थियो । महानगर समितिको अध्यक्षमा हरिनारायण गिरी, उपाध्यक्षमा हर्कमान विश्वकर्मा,भानुभक्त अधिकारी र विमला पहारी , सचिवमा जनकराज पराजुली, सहसचिवमा इश्वरी प्रसाद लम्साल र कोषाध्यक्षमा बुद्धिमाया गुरुङ निर्वाचित भएका छन् ।
पदस्थापन कार्यक्रममा पार्टीका जिल्ला संयोजक बखानसिँह गुरुङ, महानगर कमिटीका निर्वतमान अध्यक्ष विश्वप्रकाश लामिछाने, पार्टीका प्रदेश कमिटीका सदस्यहरु लगायत उपस्थित थिए ।
नवनिर्वाचित अध्यक्ष गिरीले भौगोलिक रुपमा देशकै सवैभन्दा ठूलो पोखरा महानगरमा पार्टीलाई एक ढिक्का बनाएर स्थानीय तहको निर्वाचनमा होमिने बताए । महानगरका ३३ वटै वडामा निर्वाचन सम्पर्क कार्यालय स्थापना, उम्मेदवार चयन लगायत निर्वाचन केन्द्रीय पार्टी गतिविधिलाई तत्कालै शुरु गरिने उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *