गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले स्वकीय सचिव (पीए)मा आफ्नै छोरी रञ्जना पोखरेल नियुक्त गरेका छन् । नेपाल सरकारको उपसचिव दरबन्दी बराबरको सेवासुविधा दिनेगरी उनले पीएमा छोरीलाई राखेका हुन् । दुईजना कार्यालय सहयोगीसहित मुख्यमन्त्रीले पीएमा ५ जना नियुक्त गर्न पाउने ऐनमा व्यवस्था गरिएको छ । मुख्यमन्त्रीले एक शाखा अधिकृत र अर्को नायव सुव्बा पनि राख्न पाउँछन् ।
गण्डकीमा प्रदेशसभा सदस्य, मन्त्री र मुख्यमन्त्रीले स्वकीय सचिव (पीए) राख्न पाउने व्यवस्था छ । सोही अनुसार प्रदेशका मन्त्रीको हकमा शाखा अधिकृत, नायव सुव्वा र एक कार्यालय सहयोगी राख्न पाउ“ने व्यवस्था छ । यसैगरी भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पनि पीएमा छोरा समिर खड्का राखेका छन् । नायव सुव्वा पदमा उनले छोरालाई नियुक्त गरेका हुन् । सरकारका प्रवक्ता समेत रहेका खड्काले मन्त्रि नियुक्त हुनेवित्तिकै मन्त्रिपरिषद्को निर्णय सार्वजानिक गर्ने क्रममा आफूलाई नजिकबाट स्यारसुसार गर्न चाहिने भएकाले छोरो राखिएको बताएका थिए ।
संचारकर्मीले पीएमा मन्त्रीले आफ्नै छोराछोरी राखेका छन् भन्ने प्रश्नमा उनले भनेका थिए, ‘आफू विरामी मान्छे । कपडा मिलाइदेउ, औषधी देउ भनेर काम गराउन बाहिरी मान्छेलाई अप्ठ्यारो ।’ उर्जा सि“चाई तथा खानेपानी मन्त्री हरिशरण आचार्यले पनि नायव सुव्वा पदमा पीए भाई रविन आचार्य राखेका छन् । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले श्रीमती दिछेन डोल्मा लामा राखेका छन् । डोल्मा नायव सुव्वाको पदमा कार्यरत छन् । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले नायव सुव्वा पदमा छोरा नरेश कँडेल नियुक्त गरेका छन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नायव सुव्वा पदमा छोरी मानसी श्रेष्ठ राखेका छन् । मन्त्री श्रेष्ठ भन्छन, ‘सांसद भएको चारवर्षसम्म पार्टीकै कार्यकर्ता राखेको थिए । उ बाट धोका भयो । सचिवालयको काममा बदमासी भएपछि पात्र फेरेको हुँ । पीएले पाउने तलव अरु नै बुझ्छन् । तर, नाम छोरीको छ ।’
यस्तै, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढा मगरले नायव सुव्वा पदमा छोरी एलिसा बुढा मगर नियुक्त गरेका छन् । वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा मगरले नायव सुव्वा पदमा छोरा सागर थापा नियुक्त गरेका छन् । आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले शाखा अधिकृत पदमा छोरा होमबहादुर रसाइली नियुक्त गरेका छन् । उनीहरुको सेवासुविधा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दिइन्छ । व्यक्तिगत समस्या हलको लागि पनि पीएमा आफन्तै राखिने मन्त्रीहरुको भनाई छ । यसभन्दा अघि मन्त्री आचार्यले पनि बढी विश्वासिलो पत्रा परिवार नै हुने प्रतिक्रिया दिएका थिए । गण्डकी सरकारले जनप्रतिनिधिको सेवासुविधाको विधेयक ल्याउदा सांसदलाई पीए दिने व्यवस्था गरेको थिएन । सांसदको मागपछि ऐन संशोधन गर्दै पीएको व्यवस्था गरेको थियो । गण्डकी प्रदेशसभाका अधिकाशं सांसदले आफ्नै छोराछोरी, भतिज÷भतिजालाई पीए बनाएका छन् ।
