पोखराको मेयर र उपमेयरका उम्मेदवारको लागि एमालेमा निर्वाचन हुने

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरको मेयर र उपमेयरका उम्मेदवार छान्नको लागि एमालेले निर्वाचन गर्ने भएको छ । शुक्रबार दिउ“सो १ बजेटबाट मतदान शुरु गरिने मेयरका आकांक्षी एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले जानकारी दिए । उनका अनुसार १२ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम तय छ । ‘अहिले मनोनयन फिर्ता लिने समय चलिरहेको छ । तर, कसैले पनि फिर्ता लिएका छैनन् ।’ उनले भने ।
मेयरको लागि १२ जना र उपमेयरका लागि ९ जना आकांक्षी देखिएका छन् । निर्वाचन अधिकृतको जिम्मेवारीमा कमल अर्याल रहेका छन् । निर्वाचन एमाले पार्टी कार्यालयमा नै हुनेछ । पोखरा महानगर कमिटीमा १ सय १० सदस्य छन् । उनीहरुले नै मतदान गर्नेछन् । मेयर र उपमेयरको नाम सिफारिस गर्ने प्रयोजनका लागि गठित निर्वाचन कमिटीले पार्टीको विधान तथा निर्वाचन नियमावली (संशोधन सहित) २०६९ को अधिनमा रहेर निर्वाचन हुने जनाइएको छ ।
मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *