क्षमता भन्दा बढी यात्रु बोक्ने जीप प्रहरी नियन्त्रणमा

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेको जीपलाई नियन्त्रयामा लिएको छ । मंगलबार साँझ भीरकोट नगरपालिका–२ बयरघारीस्थित सवारी साधन चेकजाँच गर्ने क्रममा बयरघारीबाट बलामडाँडा जादै गरेको ग३च ४६३ नम्बरको जीपलाई नियन्त्रणमा लिएको हो । ५ सिट क्षमता भएको महेन्द्र बलेरो जीपले २९ जना यात्रु बोकेको प्रहरीले जनाएको छ । प्रहरीले जीप चालक बलामडाँडाकै ३७ वर्षिय जवालदिन मियाँलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *