सत्तारुढ गठबन्धनको आज बसेको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबन्डा टु्ंगिएको बताइएको छ ।

माओवादीका नेता देव गुरुङले अन्तिम सहमति पत्रमा केही बेरपछि हस्ताक्षर हुने बताए । सिट बाँडफाँटमा सहमति भएको उनले बताए । ६ महानगर र ९ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबन्डा मंगलबार रातिको बैठकमा नै सहमति बनिसकेको थियो भने बाँकी पालिकामा आजको बैठकले टुंगो लगाएको हो । भागबन्डा मिलाउन दलहरुबीच बालुवाटारमा छुट्टाछुट्टै छलफलसमेत भएको थियो ।

Post Views: 20