बागी फिर्ता गराउन गृहमन्त्री भरतपुर

Share this post :

Facebook
Twitter
WhatsApp

भरतपुर महानगरपालिकाको मयेर पदमा वागि उम्मेदवार हालेका कांग्रेस नेता फकाउन गृहमन्त्री बालकृष्ण खाँण भरतपुर पुगेका छन् । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलको गठबन्धन विरुद्ध सवै दलमा भएका असन्तुष्टि हटाउन शिर्ष नेता आफै लागी परेका छन् । भरतपुर महानगरपालिकामा कांग्रेस नेता कार्यकर्ताले देखाएको असन्तुष्टि सम्बोधन गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई खटाएका हुन् ।
भरतपुरमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेस नेता कार्यकर्ताले त्यसको विरोध गर्दै आएका छन् । असन्तुष्ट कार्यकर्ताको तर्फबाट नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारीसमेत दिइसकेका छन् ।
गठबन्धनका लागि भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका तर्फबाट रेनु दाहालले उम्मेदवारी दिएकी छिन् भने उपमेयर पदमा कांग्रेसका महानगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । भरतपुरमा यसअघि २०७४ को निर्वाचनमा पनि कांग्रेसले नेकपा माओवादी केन्द्रलाई समर्थन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *