निर्वाचन आयोग भन्छन, आठ हजार जनाको उम्मेदवारी फिर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

निर्वाचन आयोगले ८ हजार जनाको उम्मेदवारी फिर्ता भएको जनाएको छ । ८ हजार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा ८ हजार जनाले फिर्ता लिएको जानकारी दिए ।उनका अनुसार अहिले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने काम भइरहेको छ ।
शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको थियो । स्थानीय तह निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *