पाेखरा महानगरपालिका-१७ मा काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार देवराज अार्चायले स्वास्थ्य र खानेपानीमा जाेड दिएका छन् । अाज मतदातासँग बाेल्दै अाचार्यले पाेखरा १७ पर्यटकीय गन्तव्य भए पनि खानेपानी र स्वास्थ्यमा अझै पनि उस्तै समस्या रहेकाले अाफू निर्वाचित भएपछि यस्ता समस्याबारे उजागर गर्ने अाश्वासन दिएका छन् ।

पर्यटकीय हव पनि भएकाले पाेखरामा पर्यटककाे क्षेत्रमा के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा पनि उनले स्थानीय जनतासँगै बसेरै याेजना बनाउने पनि बताएका छन् । एकीकृत समाजवादी र काँग्रेस गठबन्धनबाट अध्यक्ष उम्मेदवार बनेका उनले उम्मेदवार बन्दा पार्टीकाे तर्फबाट भए पनि निवार्चित भएपछि सवैकाे साझा अध्यक्ष बनेर काम गर्ने बताएका थिए । उनले १७ नम्बर वडामा अझै पनि पिछडिएको बस्ती रहेकाले उनीहरूकाे दैनिकि सुधारकाे पक्षमा अाफु सधै साथमा रहने बताएका थिए ।
जनताका साना साना समस्या स्थानीय तहबाटै सम्बाेधन गर्न अाफू माथिल्लो नेतृत्वसँग लडिरहने उनले मतदातासँग वाचा गरेका छन् ।
यसैगरी, वडा सदस्य पदका उम्मेदवार रन्जिता सुवेदी, गाेविन्द बराल, विक्रम भण्डारी र शाेभा विकले अाफुहरू मतदाताकाेमा पुग्दा निकै उत्साह मिलेकाे बताए । उनीहरूले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पनि अाग्रह गरेका छन् । यस्तै, स्थानीयले फुस्रेखाेलास्थित माेटरेबलपुल बनाउन पनि गठबन्धनका उम्मेदवारसँग माग राखेका थिए ।