गोरखा को बारपाकमा १ सय ३० जना कोरोना संक्रमित थपिए

Share this post :

Facebook
Twitter
WhatsApp

गोरखा जिल्लाको बारपाकमा १ सय ३० जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिएको परीक्षणमा १ सय ३० जनामा संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव मोदराज भट्टले बताएका थिए ।
गण्डकी प्रदेश जनस्वास्थ्य, स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिकाको स्वास्थ्य शाखाबाट कोरोना जाँचका लागि गएको टोलीले ३ सय ४२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाएको थियो ।
बारपाक पुगेका स्वास्थ्यकर्मीको टोलीले एन्टिजेन विधिबाट गरेको परीक्षणमा ८३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *