यतिबेला बजार क्षेत्र मात्र होइन, ग्रामीण क्षेत्र पनि निकै चहलपहल बनेको छ । मान्छेका भीड उत्तिकै छन् । सवारी साधनमा चुनावी गीत घन्क्याउदै ओहोरदोहोर गरिएका छन् । नजिकिएको स्थानीय तहको निर्वाचनले चाडपर्वको झल्को दिएको छ ।
पार्टीका दल बाजागाजासहित घरदैलो अभियानमा व्यस्त छन् । लाग्छ की उनीहरुले चुनाव नै जितिसके । पोखरा–९ का सुरज उपाध्याय भन्छन, ‘चुनाव जितेजस्तै उनीहरु खुशी साट्न घरदैलो गरेका छन् ।’ घरदैलो अभियानलाई तिव्रता दिदै उम्मेदवार घोषणपत्र र प्रचार सामाग्रीसहित कार्यकर्ताको हुल बाँधेर घरदैलोमा जुटेका हुन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य लगायतका उम्मेदवार घरदैलोमै व्यस्त छन् । राजनीति दल मात्र नभई स्वतन्त्र उम्मेदवार पनि हुलसहित मतदाताको घरदैलोमा व्यस्त देखिन्छन् ।
सवै उम्मेदवार विहान सवेरैदेखी बेलुका रातिसम्म दलका झण्डा, उम्मेदवारको फोटो र निर्वाचनको चुनाव चिन्ह बोकेर बसिरहेका छन् । तर, यसपटकको निर्वाचनमा सामाजिक संचालन पनि बढी प्रयोग भएको छ । चुनावी नारासहित गीत बजाउने, टिकटक बनाउने, नाचगान गर्ने र फेसबुक र ट्वीटरमा पोष्टाउने कार्य पनि भइरहेको छ । आफ्ना उम्मेदवारलाई विजयी बनाउने घरदैलो कार्यक्रमलाई तीव्र पारिएको दलका नेताहरुको भनाई छ । एमाले केन्द्रीय सदस्य राजीव पहारीले खुशी नेपाली र समृद्ध नेपालको नारा लिएर एमाले घरदैलोमा व्यस्त रहेको बताए । ‘पोखराको मुहार फेर्ने जिम्मेवारी एमालेको का“धमा छ’ उनले भने, ‘हामीले यहा“का जनताको समस्या नजिकबाट बुझेका छौ ।’
उम्मेदवारहरु शिक्षा, स्वास्थ्य, खानेपानी, भुमिहिनलाई लालपूर्जा, पोखरा बसपार्क लगायतका एजेण्डा लिएर घरदैलो गरेका हुन् । यस्तै, जेष्यठ नागरिक र बालबालिका, महिलाको विषय पनि चुनावी एजेण्डा बनाइएको छ । सत्तारुढ दल गठबन्धनलाई पराजय गर्ने दावी एमालेमा छ । यस्तै, गठबन्धनका दलले पनि आफ्ना उम्मेदवार विजयी हुनेमा विश्वस्त छन् । गठबन्धनको तर्फबाट पोखरा महानगरका मेयरको उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले पार्टी कार्यकर्ताले मात्र नभई समग्र पोखरेली जनताले आफूप्रति ठूलो विश्वास लिएको बताए । ‘जनतालाई राम्रो उम्मेदवार छान्न पाउने अधिकार छ’ उनले भने, ‘आफू राम्रो नराम्रो भन्दा पनि मलाई विश्वास गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’ चुनावी माहोल हेर्दा चुनावी नतिजा आफ्नै पक्षमा हुने उनको दावी छ । यता, स्वतन्त्र उम्मेदवारी दिएका अटेरी अभियान्ता गणेश पौडेल पनि नेतृत्व दलका नेताको भन्दा युवाको हुनुपर्नेमा जोड दिन्छन । युवाको नेतृतव अहिलेको आवश्यकता रहेको बताउदै उनले आफूप्रति जनताको भरोसा बढ्दै गएको बताए ।
