मतदाता बाेकेकाे जीप दुर्घटना, १४ काे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

मतदानको लागि मतदाता बोकेर हिडेको जीप दुर्घटना हुदाँ स्याङजामा १४ जनाले ज्यान गुमाएका छन् । शुक्रबार विहान १० बजेर २० मिनेट जादाँ यहाँको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलाबासस्थित भित्री सडक खण्डमा ग२च ३०२६ नम्बरको डवल क्याब पिकअप सडकबाट ५ सय मिटर तल खसेको थियो । जीपमा सवार २५ मध्ये १४ जनाको घटनास्थलमै मृ्््त्यु भएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनकानुसार घटनास्थलबाट प्रहरीले घाइते सवै जनालाई उपचारको लागि वालिङ प्राथमिक स्वास्थ्य के्रन्द्रमा लगेको थियो । सोही क्रममा चिकित्सकले मृत्त घोषण गरेको उनले जनाए ।

डीएसपी खनालका अनुसार मृत्यु हुनेमा सोही वार्डका ६३ वर्षिय माया पुन, ९ वर्षिय प्रविण कुवँर, ५० वर्षको कुलदीप कुवँर, ५० कै डेमकुमारी कुवँर, ८६ वर्षकी हरिकला कुवँर, ५० की टेककला कुवँर, २५ की जमुना कुवँर, ७० की भिमकला कुवँर, ७० कै मुवाकुमारी कुवँर, ४३ वर्षकी पोटकुमारी कुवँर, ४३ वर्षकै जानुका कुवँर, ४२ वर्षकी ज्ञानदली कुवँर, ५० वर्षकी मिना कुवँर र फुलदेवी कुवँर रहेका ँछन् । फुलदेविको भने उमेर खुलेको छैन् । वडा प्रहरी कार्यालय वालिङका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाको नेतृत्वमा प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायत उद्दारको लागि खटिएका थिए । निर्वाचनको दिन भएकाले उदारको लागि जनशक्ति कम भएको प्रहरीले जनाएको छ । यस्तै, घाइते हुनेमा बेलमाया कुवँर, जीप चालक भुलबहादुर कुवँर, गौमती थापा, ज्ञानमाया कुवँर, सरस्वती कुवँर, कविता कुवँर, अनिष कुवँर, कुशल कुवँर, ज्यामकली कुवँर, कौशल कुवँर र सिता कुवँर रहेका छन् । यिनीहरुलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको डीएसपी खनालले बताए । उनका अनुसार घाइतेमध्येका ५५ वर्षिय नेत्रबहादुर कुवँरको भने वालिङमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । ओभर लोडका कारण जीपको ब्रेक नलागेका कारण दुर्घटना भएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *