स्याङ्जाको हरिनासमा एमालेका खिमनारायण मानन्धर विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर पुनः दोस्रोपटक विजयी भएका छन् । यसअघि ५ वर्ष गापाको नेतृत्व समालेका मानन्धरले प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेसका टोमबहादुर भुजेललाई ३७ मतान्तरले पराजीत गर्दै विजेता घोषित भएका हुन् । निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका छन् भने काँग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् । रानाले ४ हजार ७ सय ४० मत प्राप्त गरेकी छन भने लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गरेकी छन् । त्यसैगरी, हरिनासका ७ वटा वडामध्ये १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, २ मा कांग्रेसकै चित्रबहादुर थापा, ३ मा एमालेका ओमप्रकाश सिग्देल, ४ मा एमालेकै सन्तबहादुर थापा, ५ मा कांग्रेसका निर्मल लम्साल, ६ मा एमालेका विरबहादुर राना र ७ मा एमालेकै भरत थापा विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *