कास्कीको अन्नपूर्ण गाउँपालिकाे अध्यक्ष पदमा एमालेका विष्णुबहादुर केसी विजयी भएका छन् । उनले अघिल्लोपल्ट कांग्रेसबाट निर्वाचित युवराज कुँवरलाई ७६३ मतान्तरले हराएका हुन् । केसीले ६७२२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कुँवरले ५९५९ मत प्राप्त गरे ।
गाउँपालिका उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी निर्वाचित भइन् । उनले ६६०८ मत ल्याएर कांग्रेसकी खिमकुमारी गुरुङलाई पराजित गरिन् । गुरुङले ६०१४ मत ल्याइन् । गाउँपालिकामा कांग्रेस, माओवादी केन्द र जनता समाजवादी पार्टी (जसपा) का छुट्टाछुट्टै उम्मेदवार थिए । गाउँपालिकाका ११ मध्ये ६ वटा वडा एमाले र ५ वटा कांग्रेसले जितेको छ ।
Post Views: 24