चार महिना पछि सर्यो नवौं राष्ट्रिय खेलकुद

Share this post :

Facebook
Twitter
WhatsApp

असोज, कात्तिकको मध्यमा आयोजना गर्ने गरि नवौ राष्ट्रिय खेलकुद सारिएको छ । जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गरिने गरि कार्यक्रम तय भएको भए पनि राष्ट्रिय खेलकुद परिषद्‌को सिफारिसमा मन्त्रिपरिषद्को बैठकले मंगलबार यो निर्णय गरेको हो । त्यसअनुसार अब कात्तिक २८ देखि कात्तिक ३३ सम्म नेपाली खेलकुदका सबैभन्दा ठूलो खेल महोत्सव हुने बताइएको छ ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पत्रकार सम्मेलन गर्दै सवैको सल्लाहले नै खेल सारिएको बताए । उनले प्रतियोगिता आयोजनाको लागि पर्याप्त समय हुने बताए । प्रतियोगिता पछाडि सरे पनि यसलाई लिएर पूर्वनिर्धारित कार्यक्रम भने त्यसैअनुसार सञ्चालन हुनेछन् । नवौं राष्ट्रिय खेलकुद चीनमा हुने १९ एसियाली खेलकुदको छनोट र तयारी पनि रहेको छ । एसियाली खेलकुद स्वयं पछाडि सरेको स्थितिमा राष्ट्रिय खेलकुद पनि पछाडि सरेको हो । प्रतियोगितामा ३६ खेल समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *