स्वतन्त्र उम्मेदवारी दिएका र्यापर वालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । शुक्रबार विहान भएको अन्तिम परिणम अनुसार उनी मेयरमा निर्वाचित भएका हुन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भए ।
साहले ६१ हजार ७ सय ६७ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी सिंहले ३८ हजार ३ सय ४१ मत ल्याइन् । स्थापितले ३८ हजार १ सय १७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४ सय २६ मत बढी पाएका छन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी डंगोलले ६८ हजार ६ सय १२ मत प्राप्त गरेकी छन् । श्रेष्ठले २३ हजार ८ सय ६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
Post Views: 26