प्याराग्लाइडिङ दुर्घटनामा युवती घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानस्थित प्याराग्लाइडिङ खस्दा स्थानीय १९ वर्षिया लक्ष्मी अर्याल घाइते भएकी छन् । शुक्रबार दिउँसो प्याराग्लाइडिङ सिक्ने क्रममा प्याराग्लाइडिङ खसेको थियो । घाइते अर्यालको उद्दार गरि उपचारको लागि प्रभु एयरको हेलिकोप्टरबाट पोखराको मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । घाइते अर्यालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *