शेयर बजारबाट राजनीति छलाङ् मारेका प्रकाश तिवारी सिधै पालिका प्रमुख

Share this post :

Facebook
Twitter
WhatsApp

नौ महिना अघि पूर्णकालिनरुपमा राजनीतिमा इन्ट्री गरेका प्रकाश तिवारी, शेयर बजारका लगानीकर्ताबीच परिचित नाम हो । शेयर बजारमा आफ्नो छुट्टै पहिचान बनाएका तिवारी जनताको सेवामा खट्टिने सोच बनाए । नौ महिना अघि गाउँमा आएर जनताको दुःख, सुखमा हातमा हात मिलाएका तिवारीले सवैको मत जिते । अन्ततः पालिका प्रमुखको नेतृत्व लिन पुगे ।
शेयर बजारमा उनी उत्कृष्ट खेलाडि मानिन्छन् । सानो उमेरमा नै शेयर बजारबाट अघि बढेका उनले यसबारे उत्साह, निराशा राम्रोस“ग बुझेका छन् । गाउँलाई ‘व्लुचिप’ बनाउने योजना लिएर उनी राजनीतिमा होमिएका हुन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा काँग्रेसबाट प्रतिनिधित्व गर्दै अध्यक्ष पदको उम्मेदवार बने । लोकप्रिय मतका साथ विजयी बनेका उनले निकटतम प्रतिद्धन्द्धी निर्वतमान उपाध्यक्ष समेत रहेकी एमालेकी चिनमाया गुरुङलाई हराए । गत मंसिरमा का“ग्रेस महाधिवेशनमा क्षेत्र नम्बर १ को ‘ख’ मा सभापति निर्वाचित भएका तिवारी उमेरले ३२ पुगेका छन् । गाउँपालिका बनाउन उनले ठूला सपना बाँडेका छन् ।
शिक्षामा परिवर्तन कसरी गर्न सकिन्छ ? उनी अहिले यसैको वर्कआउटमा लागेका छन्् । भ्रष्टाचाररहित प्रशासन, स्वास्थ्यमा १५ वेडको अस्पताल स्थापनासहित ल्याव र एमबिबिएस डाक्टरको व्यवस्था, कृषि, भौतिक निर्माण, मानविय विकास, न्यून परिवारको आर्थिक पाटो परिवर्तनलाई उनले मुख्य योजना बनाएका छन् । ‘न्युन परिवारको नियमित आम्दानी र बचत कति छ यसबारे अध्ययन गर्छु’ उनले भने, ‘५ वर्षभित्र महिनाको एक लाख रुपैयाँ आम्दानी गर्न सक्ने बनाउँछु ।’ उनले शेयर बजारको सेकेण्डरी मार्केटमा लैजानु भनेको गाउँका सोझा जनतालाई फसाउनु रहेको बताउदै प्राइमेरी मार्केटमा भने संलग्न गर्ने बताए । शेयर बजारमा सही विश्लेषण गर्न सक्ने क्षमता बनाएका तिवारीले घरपिच्छै सवै सदस्यको आइपिओ भर्ने अभियान पनि संचालन गर्ने बताएका छन् ।
अर्जुनचौपारी–६ दरौ सिरुवारी जन्मिएका उनी एसएलसी गाउँबाटै गरे । प्लसटु काठमाडौमा गरे । व्याचलर पनि इन्जिनियरीङबाटै काठमाडौमा गरेका तिवारी भारतको गुरु नानकदेव विश्वविद्यालयबाट एबिए सकाए । भारतीय दृतावासको छात्राबृतिमा उनी इण्डिया पढ्न पुगेका थिए । त्यसपछि उनी अध्ययनको लागि अन्य ठूला देश जान पनि सक्थे तर, त्यहाँबाट सिधै नेपाल फर्किए । ठूला वैंक तथा वित्तिय संस्थामा काम गर्न सक्थे उनी । उनको रोजाई सेयर बजारमा लगानी गर्ने कम्पनी ‘हाथवे’ बन्यो । बजारका ठूला लगानीकर्ताले कम्पनी ‘हाथवे’मा उनले धेरै कुरा सिके । हाथवेको महत्वकाक्षी योजना चन्द्रागिरि केवलकार बनाउन उनी धेरै खटेका थिए । जसले उनलाई पूर्वाधारका परियोजना कसरी बन्छन् भन्ने व्यवहारिक ज्ञान दियो । यस कम्पनीमा इन्टनको रुपमा प्रवेश गरेका तिवारी सिइओ बनेर फर्किए ।
३० वर्ष नपुग्दै उनी ५ तारे होटल र्याडिसनको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक बने । उनले ५ तारे होटलमा उठाउने आवाज सर्वसाधारण सेयरधनीको हितमा नै थियो । उनको पारिवारीक पृष्ठभूमि व्यवसायी थिएन् । २० वर्षको उमेरमा नै कांग्रेसको कृयाशिल सदस्य लिएका उनी नीजि शिक्षालयमा अध्ययन गरेकाले खुलेर राजनीतिमा देखिन पाएनन् । पारिवारीक पृष्ठभूमिबाटै राजनीतिमा प्रभावित बनेका उनी राजनीतिमा नै खुल्न चाहान्थे । उनको आमा २०४९ र ०५४ मा दुईपटकसम्म वडाध्यक्ष भएकाले उनलाई राजनीतिमा संलग्न हुन दिनुभएन । उनको मामाघरको हजुरवुवा शिवकुमार अधिकारी काँग्रेसका नेता थिए । हजुरबुवाको विरासत धान्न पनि उनले राजनीतिमा होमिने सोच बनाएको बताए । उनको पिता पेशाले शिक्षक हुन् । उनको चाहना छ, राम्रो ‘राजनीतिक पोर्टफोलियो’ बनाउने । यसैबीच मुलुकमा स्थानीय तह सदस्य निर्वाचन आउँदै थियो । पार्टीमा उनले प्रदेश सदस्य लड्ने आवाज उठाए । एकपटक गाउँपालिकादेखि पार्टीसमेत बनाउने क्षमता उनमा भएकाले नेतृत्वले पालिकामा पठायो । उनले सहजै स्वीकारे । शेयर बजारमा लगानी गर्दा राम्रो कम्पनी छनोट गरेर नाफा कमाउने तिवारीलाई जनताले राम्रो प्रतिफल पाउने आशामा भोट दिएका छन् ।
स्वास्थ्य सेवा घरदैलोमा गर्ने अभियान उनले सुनाएका छन् । संविधानले स्थानीय तहमा शिक्षा, स्वास्थ्यलाई आवश्यकता अनुसार काम गर्ने अधिकार दिएको छ । अर्जुनचौपारीमा सो अनुसार काम नभएको उनी बताउँछन् । भन्छन, ‘सरकारी विद्यालयमा सरकारको लगानी अनुसारको प्रतिफल छैन् ।’ पालिका अन्तर्गत शिक्षा र स्वास्थ्यमा जनताले प्रत्यक्ष महशुस गर्ने गरि काम गर्ने योजना उनले सुनाए । शैक्षिक क्षेत्रमा अभिभावकलाई पनि जिम्मेवारी बनाउनुपर्ने धारण उनको छ । उनले यिनै खाका घोषणापत्रमा उल्लेख गरेका छन् र ५ वर्षभित्र पुरा गर्न जनतासँग प्रतिबद्धता गरेका छन् । अर्जुनचौपारीमा कृषिमा सुन्तला खेति राम्रो भए पनि अन्य खेतिको लागि उर्वर भूमि, फाँट नरहेकाले यसतर्फ पनि उनले सोच्नुपर्ने बताए । ‘उद्योग, कलकारखाना संचालन गर्ने अवस्था पनि छैन’ उनले भने, ‘पालिकाको आम्दानी के हो ? बार्षिक ३६ लाख रुपैयाँ आम्दानी हुदो रहेछ । नदीजन्य बस्तु भनौ भने साना खोला छन, नदी छैनन् ।’ उनले विकासको नाममा सडक मात्र बुझ्न सकिने बताउदै गापाभित्र एक इन्च सडकसमेत पिच नरहेको सुनाए ।
गापामा भौतिक विकाससंगै मानविय विकास पनि आवश्यक रहेको उनले सुनाए । युवा उद्यमशिलताको क्षेत्रमा काम गरेको उनी छिट्टै सफल उद्यमी बनेका तिवारीले अर्जुन चौपारीलाई अर्थतन्त्र सुधार्ने काम गर्ने योजना अगाडि सारेका छन् । पर्यटकीय क्षेत्र नरहेको गापामा खानेपानीको पनि समस्या रहेको उनले बताए । फोहोरमैलालाई पनि उचित व्यवस्थापन गर्नुपर्ने बताउँछन् उनी । शेयर बजार तथा कर्पोरेट क्षेत्रमा रमाइरहेका तिवारीको गाउँका परीक्षा सुरु भएको स्थानीय बताउँछन् । उनले गाउँलाई कसरी परिवर्तन गर्न सक्छन् त ? आर्थिक रुपमा सक्षम मानिने उनी युवा भएकाले पनि अहिले सवैको नजर उनैप्रति छ । अर्जुनचौपारीमा काँग्रेस कमजोर भएकाले बलियो काँग्रेस बनाउने जिम्मा पनि उनको काँधमा छ । भन्छन, ‘पालिकामा बसेर काम गर्दा म पार्टीको होइन सवैको साझा हुनेछु । पहिला कार्यपालिकामा काँग्रेस अल्पमत थियो । जनताले सेवा पाएनन् । नागरिकता सिफारिसको लागि ५ सय तिर्नुपर्ने । साना कागजातको लागि दिनहुँ विताउनुपर्ने, सामाजिक सुरक्षा भत्ता लिन विहानेदखि रातीसम्म बस्नुपर्ने । भौगोलिक, जातियता र विचारको आधारमा काम गर्नेछैन् ।’ उनले सवै दललाई समेटेर सवैको सल्लाहले नै अघि बढ्ने बताए । उनका अनुसार जनप्रतिनिधि पनि घरदैलो गर्नेछन् । ‘हामी निर्वाचित भएपछि कार्यालयमा बस्ने, सरकारी गाडी चढ्ने र घर, अफिस मात्र गर्दैनौ । घरघरै पुगेर समस्या बुझ्छौ । कर्मचारीले पनि नपुगेका कागजात पु¥याएर सेवा दिनेछन् ।’ उनले कर्मचारी र जनप्रतिनिधिलाई सँगै राखेर यसविषयमा जानकारी गराइसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *