माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य कार्यकर्तासँग काम गर्न असहज नरहेको बताएका छन् । उनले एमालेका नेता र कार्यकर्तासँग काम गर्न कुनै कठिन नभएकोब ताए । ओलीले घोचपेचको प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दाहालले दिएका छन् ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सहभागि हुने क्रममा दाहालले प्रतिनिधिसभाको शनिबारको बैठकमा ओली प्रवृत्ति सुधार्न सुझाए । ‘मलाई त एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा, विश्वास अहिले पनि छ’ उनले भने, ‘यो प्रवृत्ति जसमा यति धेरै अहंकार, यतिधेरै दम्भ र निषेधात्मक प्रवृत्ति नहुने हो भने एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन हुने देखिँदैन ।’
यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, संघीय र प्रदेश सरकार गुमाएको कुरालाई लिएर ओलीले आत्मसमीक्षा गरी वामपन्थी एकताको कुरा गर्ने अपेक्षा गरेको तर त्यसो नभएको उनले बताए । ‘वामपन्थी एकता, गठबन्धनले भनेको, अदालतले भनेको कुरामा पुनर्समीक्षा, पुनरावलोकन गर्नुहुन्छ कि भन्ने लागेको थियो’ दाहालले थपे, ‘तर, ३ घण्टा गाली गर्ने अरुलाई बदनाम गर्ने र धेरै झुट बोल्ने गर्नुभयो ।’
ओलीबाहेक एमाले कार्यकर्तासँग काम गर्न सजिलो छ–दाहाल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य कार्यकर्तासँग काम गर्न असहज नरहेको बताएका छन् ।



