हात हतियार तथा खरखजना मुद्दामा ५ महिना कैद सजाय तोकिएका स्याङ्जाको हरिनास गाउ“पालिका–३ का ४१ वर्षिय तुलबहादुर राना पक्राउ परेका छन् । विहीबार उनलाई आफ्नै घरबाट प्रक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ ।
स्याङ्जा जिल्ला अदालतले २०७८ असोज १९ मा ५ महिना कैदस“गै ६ हजार जरिवाना तोकेको थियो । अदालतको फैसलास“गै राना फरार थिए । प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरि विहीबार नै जिल्ला अदालतमा हाजिर गरी कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
Post Views: 21