आत्महत्या दुरूत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

आत्महत्या दुरुत्साहनको मुद्दामा जेल सजाय तोकिएर फरार रहेका प्रतिवादी मंगलबार पक्राउ परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–७ केवरेभन्ज्याङ्गका २६ वर्षिय रमेश थापालाई सुराकीको आधारमा उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार मंगलबार नै उनलाई जिल्ला अदालतमा हाजिर गराई कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको छ । २०७७ पुष ३ मा अदालतले थापालाई १ वर्ष ५ महिना ७ दिन कैद र २५ हजार रुपैया“ जरिवाना तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *