छैटौं अन्तर्राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा हेम्जा युनाइटेड र विरगंज भिड्ने भएका छन् । हेम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्र्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगितामा’ १ विदेशी सहित ८ टिम सहभागि हुने भएका छन् ।
बिहाबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै क्लबका अध्यक्ष इन्द्र कुवरँले क्लबले प्रतियोगितालाई गोल्डकपको रुपमा अघि बढाएको सुनाए । पोखरा महानगरपालिका–२५ स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा ए डिभिजन, विदेशी आयोजक सहित मोफसलका टिमको समेत सहभागिता रहने भएको छ । प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको क्लबका अध्यक्ष कुवँरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार सहित साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैया प्राप्त गर्नेछन् ।
आगामी असार ४ गतेदेखी ११ गतेसम्म हुने प्रतियोगिताको तयारी निकै तिव्र रुपले अघि बढिरहेको कुव“रले जानकारी दिए । प्रतियोगिता २ वर्ष अघि गर्ने योजना बनाए पनि क्लबको आर्थिक अभावका कारण सञ्चालन गर्न सकेको थिएन । उनका अनुसार २ वर्ष कोरोनाले सम्पूर्ण क्षेत्रलाई प्रभावित बनाउ“दा सहयोगदाता पाउन निकै कठिन भएको हो । क्लबले फुटबल एकेडेमी संचालनमा ल्याउनु प्रतियोगिताको मुख्य उदेश्य रहेको छ । कास्की जिल्ला लिग च्याम्पियन समेत हो । हेम्जा युनाइटेडले हेम्जाबाट अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नुका साथै पोखरा २५ भित्र रहेका हरेक विद्यालयलाई खेलकुद हवको रुपमा विकास गर्न पहल गर्ने योजना समेत बनाएको छ ।
