सांसदले किसानले बाली लगाउने बेलामा मल प्राप्त गर्न नसकेको भन्दै सभामुखबाट सरकारका नाममा रुलिङ हुनुपर्ने माग गरेका थिए । सोअ अनुसार सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको प्रतिनिधिसभा वैठकमा किसानलाई मल उपलब्ध गराउन सरकारका नाममा ध्यानाकर्षण गरेका छन् ।
खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको उनको भनाइ थियो । कृषकलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सरकारलाई सभामुखले ध्यानाकर्षण गराएका हुन् । ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ’ सभामुखले भने, ‘यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’
Post Views: 19