लुम्बिनीका प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।
हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा मन्त्री वलीलाई थुनेर राखेका थिए । उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए । नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उपनिर्वाचनमा उनकै श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी वली माओवादीमा लागेकी हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *