विवाहको उमेर घटाउन कानुन संशोधन

Share this post :

Facebook
Twitter
WhatsApp

सामान्यतयाः विवाहको उमेर कानुनले २० वर्ष तोकेको छ । विवाह गर्ने सो उमेरलाई घटाउन सरकार कानुन संशोधनमा लागेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर घटाउन कानुन संशोधन गरिने बताए । २० वाट घटाएर १८ वर्ष कायम गर्ने गरि कानुन संशोधन हुन लागेको उनले बताएका छन् । उनका अनुसार यसको लागि प्रकृया थालिसकिएको छ । कानुन मन्त्रालयले विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै कानुन संशोधन कार्य सुरु भएको प्रतिनिधिसभाको बुधबारको वैठकमा मन्त्रीले जानकारी दिएका हुन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । १६ वर्षमा नागरिकता पाउँछ । १८ वर्षमा भोट हाल्न पाउँछ । २० वर्षमा विवाह भन्ने कानुन छ । उनले भने, ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ ।’ प्रचलित कानुनमा विवाह गर्ने २० वर्ष छ । २० वर्ष नपुग्दै विवाह गरेमा बाल विवाहको कसुरमा सजाय गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *