चोरी गरेको नगदसहित युवा पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–१४ विपिमार्गमा रहेको चुलो सेवा प्रालिमा चोरी गरेको आरोपमा युवा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज दिउँसो २ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगर–२१ निर्मलपोखरीका २१ वर्षीय अजित विक रहेका छन् ।
विकको साथबाट तीन लाख ६२ हजार ३८० रुपैयाँ र एक थान मोबाइल सेट बरामद भएको भएको छ । सात लाख २५ हजार ३५० रुपैयाँ नगद र केही भारु चोरी गरेको आरोप उनलाई यसअघि नै लागिसकेको कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
चुलो सेवा प्रालिमा लेखापालको काम गरेका विकले दुई महिना अघि मात्र जागिर छोडेका थिए । उनले चुलो सेवा प्रालिमा चोरेको स्वीकार गरेको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *