माछा मार्ने क्रममा साेमबार नारायणी नदीमा बगेर एकजना वेपत्ता भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार भरतपुर महानगरपालिका-३ बेलचाेक नारायणगढका १९ वर्षीय सुसान चाैधरी नदीमा बगेमा छन् । नारायणगढ पुलचाेकबाट झण्डै डेढ किलाे मिटर पश्चिम नगरवनबाट उनी बगेकाे चाैधरीका साथीले प्रहरीलाई सुचना दिएका थिए । पाँच बजे तिर उक्त घटना भएकाे थियाे । वेपत्ता भएका सुसानलाई खाेज्न विपद् व्यवस्थापन सम्बन्धि तालिम लिएका प्रहरी टाेली परिचालन भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।
Post Views: 20