सरकारको आन्तरिक द्धन्द्धका कारण बजेटमाथि छलफल रोकिएपछि एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द नेपालीको राजीनामा माग गरेको छ । बुधबार एमाले संसदीय दलको कार्यालयमा पत्रकारसँग भेटघाट गर्दै दलका नेता एवं पुर्वमुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नैतिकताको आधारमा पनि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
सरकारले असार १ मा आगामी आवको बजेट पेश गरेपछि छलफल चलाएको छैन् । असारको १५ सम्म बजेटमाथि छलफल सकिसक्नुपर्ने उनले बताए । गण्डकी प्रदेशमा बलियो प्रतिपक्षको भूमिका निभाउदै आएको एमालेले मुख्यमन्त्रीसँगै अर्थमन्त्री रामजीप्रसाद बरालको पनि राजीनामा माग गरेको छ । ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा सरकारकै दुई जना मन्त्री सहभागी भएनन’ उनले भने, ‘सरकारकै कार्यक्रममा सरकारकै मन्त्री सहभागी नभएपछि नैतिकताले पनि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने थियो । तर, सरकारले बजेट ल्यायो सत्तापक्ष दलकै द्धन्द्धका कारण अहिलेसम्म संसद बन्द छ । आपसी झगडाले संसद बन्धक बनाउन मिल्दैन । छलफल नै चलाउन नसक्ने भए, विधि र शासनमा चल्न नसकेपछि राजीनामा दिनुपर्छ ।’
उनले बजेट संसदमा नभई अर्थ तथा विकास समितिमा छलफल चलाउन खोज्नु गलत प्रबृति रहेको प्रतिक्रिया दिए । उनले अर्थमन्त्रीले बजेट र कार्यक्रम काटेछ भन्दै मुख्यमन्त्री तर्कन नमिल्ने बताउदै भने, ‘छलफल चलाएपछि अर्थमन्त्रीले सांसदको प्रश्नको जवाफ दिएपछि निर्णयर्थ पेश गर्न सकिन्थ्यो तर, छलफल नै रोक्न मिल्दैन ।’ गुरुङको मुख्यमन्त्रीले राजीनामा दिए पनि सरकार मिलेर चलाउन सकिने बाटो खुला रहेको समेत तर्क थियो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आवश्यक रहेको बताउ“दै समेटिनुपर्ने एमालेको माग छ । विगतका वर्षमा पनि आवश्यक ठानेर नै राखेको र आगामी वर्षमा पनि निरन्तरता दिनुपर्ने एमालेले बताएको छ । अर्थ विविध शिर्षकबाट यस कार्यक्रमलाई निरन्तरता अर्थमन्त्रीलाई एमालेले सुझाएको छ ।
