धन्सार भत्किदा १३ वर्षिया वालिकाकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

केही दिनदेखि निरन्तर परिरहेकाे अविरल वर्षााका कारण स्याङ्जाको गल्याङ नगरपालिका-१० दुविनडाँडामा धन्सार भत्किदा १३ वर्षिया वालिकाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा स्थानीय ढाकाराम भट्टराईकाे १३ वर्षिया छाेरी रेखाकाे मृत्यु भएकाे स्याङ्जा प्रहरीले जनाएकाे छ । यस्तै १६ वर्षिय छाेरा लक्ष्मण घाइते भएका छन् । धन्सारमा पुरिएकी रेखाकाे गल्याङ नगर अस्पतालमा उपचारकाे क्रममा चिकित्सकले मृत्त घाेषणा गरेका हुन् । लक्ष्मण भने साेही अस्पतालमा उपचाररत छन् । कच्ची धन्सार विहीवार विहान ५ बजे भत्किएकाे जिल्ला प्रहरी प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार मृतककाे शव पाेष्टमार्टमकाे लागि वालिङकाे प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *