केही दिनदेखि निरन्तर परिरहेकाे अविरल वर्षााका कारण स्याङ्जाको गल्याङ नगरपालिका-१० दुविनडाँडामा धन्सार भत्किदा १३ वर्षिया वालिकाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा स्थानीय ढाकाराम भट्टराईकाे १३ वर्षिया छाेरी रेखाकाे मृत्यु भएकाे स्याङ्जा प्रहरीले जनाएकाे छ । यस्तै १६ वर्षिय छाेरा लक्ष्मण घाइते भएका छन् । धन्सारमा पुरिएकी रेखाकाे गल्याङ नगर अस्पतालमा उपचारकाे क्रममा चिकित्सकले मृत्त घाेषणा गरेका हुन् । लक्ष्मण भने साेही अस्पतालमा उपचाररत छन् । कच्ची धन्सार विहीवार विहान ५ बजे भत्किएकाे जिल्ला प्रहरी प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार मृतककाे शव पाेष्टमार्टमकाे लागि वालिङकाे प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेकाे छ ।
छुटाउनुभयो कि
न्यायको खोजीमा पुरुष
अदालत, प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह अन्र्तगत न्यायिक समितिमा परेको मुद्दा दर्ता हेर्दा अधिकाशं महिला पीडित देखिन्छन् । विगतदेखि नै…
इ–पासपोर्ट प्रकरण : प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले घटनास्थलमा उपस्थित रहेको स्वीकार, दबाबबारे मौन
इ–पासपोर्ट प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि दबाब दिइएको आरोपबीच प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले घटनास्थलमा आफू उपस्थित रहेको स्वीकार गरेका छन्…
अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिलाई खुमलटार…