वाग्मती प्रदेशको बजेट बहुमतले पारित

Share this post :

Facebook
Twitter
WhatsApp

वाग्मती प्रदेश सरकारको विहीवार बसेको वैठकले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट बहुमतले पारित गरेको छ । असार १ मा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभा वैठकमा आगामी आवको बजेट प्रस्तुत गरेका थिए ।
जम्कट्टेलले पेस गरेको अर्थसम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक–२०७९ बहुमतले पारित भएको हो ।
बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसद उभिएका थिए । गठबन्धन हाल प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य छन् । सरकारले आगामी आवका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो । सरकारले आगामी वर्षको लागि ल्याएको बजेट चालू आर्थिक वर्षको भन्दा १३ अर्ब रुपैयाँले बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *