एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

Share this post :

Facebook
Twitter
WhatsApp

पाोखरा–१७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा विद्यार्थी परिषद्को एक कार्यक्रमबीच पुनर्गठनसँगै पदस्थापन भएको छ । हरेक वर्ष विद्यार्थीको शैक्षिक गतिविधिलाई चुस्त, दुरुस्त र प्रभावकारी राख्न परिषद्को गठन गरिएको विद्यालयका प्राचार्य फूर्वू ठिन्लेले जनाए । विद्यार्थीमैत्री वातावरणमा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा विद्यार्थीको चौतर्फी विकास गर्न विद्यार्थीलाई नै क्रियाशील हुने गरी हरेक वर्ष परिषद्को गठन गरिएको हो । काउन्सिलमा विद्यालय नायकमा ढुन्डुप छिरिङ र तेन्जिन छेतेन चयन भएका छन् ।
मतदानबाट भएको चयनमा प्रक्रियामा विद्यार्थी प्रिफेक्टहरु छात्रतर्फ कर्म टासी, टासी फुन्चोक, छिरिड. शेर्पा र रिन्जिन ढुन्डुप चयन भएका छन् । छात्रातर्फ छिरिड युडोन, डोल्मा तामाड., पासाड. डोल्मा र अनिता गुरुड. चयन भएको चपरिषद्ले शैक्षिक वर्ष सन् २०२२ र २०२३ का लागि काम गर्ने छ । सिनियरतर्फ दीपेन गुरुड. र पेमा डोल्मा रहेका छन् । विद्यार्थी नायक ढुन्डुप छिरिङले विद्यार्थीको अनुशासनलाई कायम राख्दै सिर्जनशील बन्न प्रेरित गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *