सेवा बन्द भएको ७ वर्षपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सिटी स्क्यानको लागि नयाँ मेसिन ल्याउने भएको छ । प्रदेशकै ठूलो सरकारी अस्पतालमा नयाँ मेसिन भित्रिएपछि यहाँ आउने विरामी सिटी स्क्यान गन अस्पताल बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
‘मेसिन नेदरल्यान्डबाट खरिद गरी वीरगञ्ज नाकामा आइपुगेको छ, नेपाल भित्रयाउदा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले असार मसान्तसम्म मेसिन आउने अस्पताल समितिले जनाएको छ । समितिका अनुसार ढिला भए साउनको पहिलो हप्तासम्म मेसनि आउनेछ ।
मेसिन खरिदका लागि अस्पतालले फिलिक्स कम्पनीसँग ७ करोड सम्झौता गरेको छ । कम्पनीले अघिल्लो असारमै मेसिन खरिद गरे पनि आयातमा समस्या हुँदा मेसिन ल्याउन ढिलाइ भएको जनाएको छ ।
मेसिन जडानका लागि अस्पतालमा सबै तयारी भइसकेको छ । मेसिन नेदरल्यान्डबाट नेपालको सिमामा आउन १ वर्ष लागेको छ । अझै अस्पतालमा आइसकेको छैन । ‘यो मेसिनमा ५ वर्षे वारेन्टी हुने सम्झौता छ । अहिले अस्पताल आउने स्वास्थ्य बिमा गरेका बिरामीको सिटी स्क्यान गर्नुपर्दा निजी क्षेत्रले चलाएको गण्डकी शिक्षण अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाउने गरिएकोे छ ।
