मन्त्री बराल माओबादी केन्द्रको केन्द्रिय सदस्य

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवन नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा बराललाई केन्द्रिय सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गरेका थिए । मन्त्री बराल यस अघि गण्डकी प्रदेशको पार्टी सदस्य भएका थिए ।
त्यसैगरी बैठकले आसमान रोका, तेजकुमारी पौडेललाई समेत केन्द्रिय सदस्यमा मनोनयन गरेको छ । मनोनित भएका सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीको हेडक्वाटरमा सोमबार सपथ ग्रहण गराएको रोकाले जनाए । काठमाडौंमा सोमबार देखि सुरु भएको बैठक असार २१ गतेसम्म चल्ने भएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *