बाग्मतीको असर पर्ला गण्डकीमा ?

Share this post :

Facebook
Twitter
WhatsApp

काँग्रेस र माओवादीका सांसदले बाग्मती प्रदेशमा मुख्यमन्त्री हेरफेरको लागि गृहकार्य थालेसँगै त्यसको असर गण्डकी प्रदेशमा पनि पर्न सक्ने सांसदले बताएका छन् । बाग्मतिमा सत्तारुढ गठबन्धनभित्र खटपट हुदाँ त्यसको असर गण्डकीमा समेत पर्ने आकलन गरिएको छ । गण्डकीमा अहिले सरकारको नेतृत्व काँग्रेसले गरेको छ । बाग्मतिमा पनि काँग्रेस नेतृत्व लिन तम्तयार भइरहेको छ ।
जसको कारण काँग्रेसको नेतृत्वमा रहेको गण्डकी, कर्णालीमध्ये एक काँग्रेसले गुमाउन सक्ने आकलन राजनीति विटमा भइरहेको छ । सरकारले यसै महिना प्रदेश र संघीय निर्वाचनको मिति घोषणको तयारी गरिरहेको छ । त्यसअघि नै प्रदेश सरकारको फेरबदलको सम्पूर्ण प्रक्रिया सकिने बताइएको छ । बाग्मतिमा सरकार परिवर्तन गर्न थालिएपछि एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्य प्रदेशमा पनि सरकार परिवर्तन गर्नुपर्ने माग प्रधानमन्त्री शेरबहादुर देउवासँग राखेका छन् । गठबन्धनकै सहयोगमा पोखरा महानगरको नेतृत्व गरेको समाजवादीले सरकारको पनि नेतृत्व गर्न सक्ने गण्डकीका नेता बताउँछन् ।
बाग्मतिमा सरकार परिवर्तन भए त्यसको असर अन्य प्रदेशमा पनि पर्ने गण्डकीको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान बताउँछन् । उनले बाग्मतिमा काँग्रेसले नेतृत्व लिए गण्डकीमा माओवादीले पनि नेतृत्व पाउनुपर्ने बताए । ‘पहिला पनि गण्डकी माओवादीले पाउनुपर्छ भनेका थियौ’ उनले भने, भागवण्डा लगाउदा गण्डकी गुमायौ यदी बाग्मति काँग्रेसले लिए गण्डकी हामीलाई छाड्नुपर्छ ।’ उनले एकले अर्कोसँग संमयीत हुने अवसर पनि प्राप्त हुने बताएका छन् ।
गण्डकीमा यतिबेला सत्तासिन दल नै विवादित छन् । अर्थमन्त्री रामजीप्रसाद बरालले असार १ मा आगामी वर्षको बजेट सार्वजानिक गरे पनि १८ दिन वितिसक्दा बजेटमाथि छलफल हुन सकेन । सरकारले नै संसद अवरोध गरेको छ । संसद कहिले चल्छ भन्ने सरकारले अझै पनि मिति तय गर्न सकेको छैन् । अर्थमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाए । जसले गण्डकीमा विवाद उत्पन्न गरेको हो । अहिले मुख्यमन्त्री, मन्त्री, सत्तारुढ दलका सांसद र एमालेका सांसद एकतिर अर्कोतिर अर्थमन्त्री छन् । यो कार्यक्रम जसरी पनि समावेश हुनुपर्ने यदी भएन भने सरकार नै ढले पनि ढल्ने अभिव्यक्ति का“ग्रेस सांसदले दिदै आएका छन् । सो अवसरमा प्रतिपक्षको भूमिका निभाएको एमालेले सरकारले नै संसद नखुलाएपछि मुख्यमन्त्रीले रानीनामा दिनुपर्ने र सरकार गठनको लागि नया“ बाटो खुल्ने अभिव्यक्ति दिएको छ । पूर्व मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुव्वा गुरुङले सरकारले नै संसद अवरोध गर्नु संघियतामाथि धज्जा उडाएको बताउँछन् ।
उनले पत्रकार सम्मेलनमार्फत नै मुख्यमन्त्रीको राजीनामा मागेका हुन् । नेकपा विभाजनसंगै सवैभन्दा पहिला कांग्रेसले नेतृत्व गर्ने अवसर गण्डकीमा पाएको थियो । २०७८ जेठ २९ मा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सरकारको नेतृत्व गरे । गण्डकीको अहिलेको विवाद केन्द्रसम्म पुगेको छ । केन्द्रीय शिर्ष नेता प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेतासँग छलफल गरेपछि संसद खुलाउने भनिए पनि सरकारकै आन्तरिक विवाद समाधान नहुदाँ संसद समेत खुल्न सकेको छैन् । ६० प्रदेश सभा सदस्य गण्डकीमा अहिले ५८ सांसद छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छन् । विवादित विषय काँग्रेस, माओवादी शिर्ष नेतासम्म पुगेको छ । विवादित कार्यक्रमलाई समाधान गर्दै संसद खुलाउन नेताले सुझाएका छन् । सरकारका प्रवक्ता कुमार खड्काले बजेटको विषयमा माथिल्लोे तहसम्म पुगे पनि समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको बताउँछन् । संसदीय पत्रकारको कार्यक्रममा बोल्दै उनले पार्टीबीच कुनै पनि द्धन्द्ध नरहेको तर, बजेटको विषयमा आफूले पनि मिडियामार्फत जानकारी पाएको भन्दै उम्किन खोजे ।
जसपाबाट उर्जा मन्त्रालयको नेतृत्व गरेको हरिशरण आचार्यले गण्डकीमा अहिले का“ग्रेस र माओवादीका मन्त्रीबीच दरार उत्पन्न भएको बताउदै गण्डकी सरकार पूर्णरुपमा असफल भएको बताए । आफै सरकारमा हुदाँ लज्जासपद भोग्नुपरेको बताउदै गल्ती सच्याएर जान तयार हुनुपर्ने बताए । मुख्यमन्त्रीलाई पनि उनले जो जसका कारण विवाद उत्कर्षमा पुगेको छ उसैलाई हटाएर समस्या समाधान गर्न सुझाएको बताए । यता, माओवादीका पूर्वमन्त्रीसमेत रहेका चुमानले तत्काल मन्त्री फेर्न नसकिने बताएका छन् । उनले बाग्मतिमा विवाद आइरहदा गण्डकीमा मन्त्री हेरफेर गर्न पनि अप्ठ्यारो हुने बताए । उनका अनुसार मन्त्री नै फेर्नुपरे सवै प्रदेशमा फेरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *