तालिमपश्चात राेजगारकाे ग्यारेन्टी

Share this post :

Facebook
Twitter
WhatsApp

कुककाे तालिम लिएका युवालाई तालिम सम्पन्न भएसँगै राेजगारी दिईएकाे छ । सीटीईभीटी गण्डकी प्रदेशकाे अायाेजनामा २७ दिनसम्म चलेकाे उक्त तालिममा सहभागीले राेजगार प्राप्त गरेका छन् ।

म्यादी प्रहरीकाे भूमिका निभाएका युवालाई उनीहरूको ईच्छा अनुसार कुक विषयमा सीपमूलक तालिम सञ्चालन गरिएकाे सीटीईभीटी गण्डकीका निर्देशक प्रमाेदभक्त अार्चायले बताए । तालिम सम्पन्न भएसँगै प्रमाण पत्र वितरण गरिएकाे थियाे ।

कार्यक्रममा उद्योगी, व्यवसायि र रोजगारदाताको उपस्थिति रहेको थियो । तालिम सम्पन्न गरेका युवाहरुको ईच्छा शक्ति, सिकेको सीप र काम प्रतिको सम्मानलाई देखेर पर्यटन व्यावसायिहरूले तुरुन्तै रोजगारी प्रदान गर्ने प्रतिवब्दता व्यक्त गरेका थिए ।

युवाहरुलाई सीपमूलक तालिम प्रदान गरी तालिम पश्चात राेजगारी तथा स्वरोजगारीमा जोड्न सहजिकरण गर्ने कार्यमा लागेका सवैलाई यो क्षण पक्कै पनि सुखद हुने भन्दै अार्चायले शुभकामना दिए ।

यस कार्यालयबाट पछिल्लो समय उधाेगी, व्यवसायी, राेजगारदाता र स्थानीय तहसँग समन्वय र सहकार्य गरि राेजगारीकाे सुनिश्चितता हुनेगरि सिपमुलक तालिम संचालन गर्दै अाएकाे प्रमुख अार्चायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *