असारमा पत्रकारकै तलिम धेरै

Share this post :

Facebook
Twitter
WhatsApp

पत्रकारको काम, कर्तव्य के हो ? कसैले प्रश्न गर्दा छिट्टो जवाफमा भनिन्छ, ‘खबरदारी’ गर्ने । गलत प्रवृतिको खबरदारी गर्ने, घच्घचाउने काम संचारकर्मीको हो । तर, सवैलाई सु–सूचित गर्ने पत्रकारलाई असार लागेपछि आफ्नै तालिमले भ्याईनभ्याई छ । पत्रकारकै कार्यक्रम बढी भएपछि रिर्पोटिङको लागि अन्यत्र जाने समय नहुने पत्रकार स्वंम बताउँछन् ।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले क्षमता विकास सम्बन्धि दुई वटा तालिम राख्यो । यस्तै, ५ दिनको अवलोकन भ्रमण पनि यही असारमा नै गरायो । पत्रकार महासँघ गण्डकी प्रदेश समिति मार्फत स्याङ्जा, मुस्ताङ, मनाङ, लमजुङ र कास्कीमा तालिम संचालन गर्यो । डव्लुडव्लु जे तथा खेलकुद पत्रकार मञ्चद्धारा मानव अधिकार सम्बन्धि अन्तक्र्रिया सम्पन्न गरियो । फोनिज गण्डकी प्रदेश समिति तथा चलचित्र पत्रकार संघ कास्की शाखाले सूचना संचार प्रविधि प्रवद्र्धन कार्यक्रम सम्पन्न गर्यो ।
पत्रकार महासंघ कास्की शाखामार्फत इलाइबे्ररी, मिडिया सेन्टर तथा पत्रकारिता विषयक अन्तक्र्रिया आयोजना गरिएको थियो । कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सूचना अधिकारी खुवीराम पोखरेलले मन्त्रालयबाट गर्नुपर्ने कार्यक्रम बाँकी रहेकाले असारमा आयोजना गरिएको बताए । उनले मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम भएको बताउदै भने, ‘बजेट छुट्याएका थियौ । संघसंस्थाले आवकै अन्त्यमा गर्नुभयो । यसभन्दा अघि पनि गर्न सकिन्थ्यो ।’ बुर्तिवाङ मल्टिप्रपोज रिसर्च एण्ड ट्रेनिड सेन्टरद्धारा अनलाइन पत्रपत्रिका लेखन प्रोत्साहन कार्यक्रम, उच्च अदालत पोखरा बार एशोसिएसन महिला समूहमार्फत निःशुल्क कानूनी सहायकता सम्बन्धि अन्तक्र्रिया गोष्ठि र मन्त्रालयद्धारा न्यायिक समितिका संयोजकहरुको क्षमता अभिबृद्धि कार्यक्रम गरिएको थियो ।
मन्त्रालयका सचिव शम्भुराज रेग्मीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गर्नुपर्ने कार्यक्रम धमाधम गरिएको बताए । मन्त्रालय आएको दुई महिना भएको बताउदै उनले यसभन्दा अघि गर्नुपर्ने कार्यक्रम पनि रोकिएकाले असारमा नै गरिएको बताए । ‘प्रदेशभरका न्यायिक समितिका संयोजकलाई तालिम दिन भने यसभन्दा अघि मिल्दैन्थ्यो’ उनले भने, ‘गतवर्ष नै दिएको भए हो । फागुन÷चैतमा दिइएन । वैशाखमा नया“ जनप्रतिनिधि आउने भएपछि उनीहरुलाई नै दिने भनियो । वैशाख ३० मा चुनाव भएपछि जिल्ला समन्वय समितिको चुनाव सकिदा जेठ पनि सकियो । जसले तालिम असारमा नै गर्न बाध्य भयौ ।’ उनले तालिम भनेपछि असार महिनामा नै गर्नुपर्छ भन्ने पुरानै मानसिकता भने कायमै रहेको बताए । यसो त, तालिम पोखराका महंगा र ठूला होटल तथा रिर्सोटमा आयोजना गरिन्छ । तालिम संचालनको लागि आफ्नै हल भए पनि मन्त्रालयले प्रयोग गर्दैनन् । यस्तै, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि असार १८ मा प्रदेशस्तरीय उद्यमी तथा लगानीकर्ता सम्मेलन गर्यो । मन्त्रालयका सूचना अधिकारी विमल गौतमले मन्त्रालय अन्तर्गतका कार्यालयबाट विभिन्न कार्यक्रम भए पनि असारमा मन्त्रालयले एउटा मात्रै कार्यक्रमको आयोजना गरेको बताए ।
यसरी असारमा गरिने कार्यक्रम दीगो मानिदैन । पोखराका सामाजिक अभियान्ता रामबहादुर पौडेलले तालिमको नाममा ठूलो बजेट खर्च हुने बताए । उनले बजेट खर्च भए पनि तालिमको उदेश्यमाथि प्रभावकारी नभएको बताउदै बजेट सक्नकै लागि तालिम आयोजना गरिने बताए । दिनकै लागि दिइने तालिम निरुत्साहित गर्नुपर्ने उनको धारण छ । यसैगरी, युवा तथा खेलकुद मन्त्रालयले असारमा राष्ट्रपति रनिङ शिल्डको आयोजना गरेको छ । यस्तै, युवा नीति सम्बन्धि छलफल कार्यक्रम चार जिल्लामा सम्पन्न गरेको छ भने केही दिनभित्र सरोकारवालासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । शिक्षा, सँस्कृति, विज्ञान–प्रविधि तथा सामाजिक विकास मन्त्रालयले असार १६ र २४ मा शिक्षा नीति सम्बन्धि दुई वटा छलफल कार्यक्रम आयोजना गरेको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठानले असार ७ र ८ मा अनुगमन तथा मूल्यांकन सम्बन्धि गोष्ठिको आयोजना गरेको सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए । यसरी असारमा गरिने कार्यक्रम प्रभावकारी नहुने भए पनि मन्त्रालयले बजेट सकाउनको लागि कार्यक्रमको आयोजना गरेको आयोजक संस्था स्वंम बताउँछन् ।
यसो त, कतिपय ऐन र कार्यविधि पनि बाधक बन्दा आर्थिक वर्षको अन्त्यमा कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको छ । पत्रकार महासँघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले मन्त्रालयले पत्रकार महासँघ लगायतका संस्थामा बजेट छुट्याएको भए पनि खर्च गर्ने कार्यविधि नमिल्दा समयमै कार्यक्रम राख्न नसकिने बताए । पोखरा महानगरपालिका, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाको पनि असारमा धेरै कार्यक्रम आयोजना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *