संचालनमा आएन विषादी परीक्षण प्रयोगशाला

Share this post :

Facebook
Twitter
WhatsApp

सिद्धार्थ राजमार्गको छेउमा एउटा दुई तले भवन छ । जहाँ वित्तिय संस्था र सरकारी कार्यालयका दुई वटा बोर्ड टाँगिएको छ । एउटा बोर्ड तरकारी तथा पशुपंक्षी नियमन इकाई कार्यालयको हो । उक्त कार्यालयको लागि लिइएको सटर एउटा एक भाग खुला र अर्को बन्द छ । कार्यालयभित्र एउटा टेबुल, र, टेबुलमाथि कम्प्युटर राखिएको छ । कार्यालय न चहलपहल देखिन्छ न कर्मचारी नै छन्् ।
कार्यालयको प्राङ्गणमा हरियो दुवो देख्न सकिन्छ । यो कुनै सामान्य कार्यालय होइन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थापना गरेको “विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला” को कार्यालय हो । तरकारीको विषादी परीक्षणको लागि प्रदेश सरकारले ४ वर्ष अघि (२०७५ चैत २४ मा) कार्यालय स्थापना गरेको थियो ।
कार्यालय स्थापना भएको चार वर्ष हुदाँ समेत संचालनमा आउन सकेको छैन् । प्रयोगशाला संचालनको लागि उपयुक्त भवन (स्थान) नभएकाले संचालनमा नआएको मन्त्रालयले जनाएको छ । संघिय सरकारको नीति अनुसार नाकाबाट गण्डकी प्रदेशमा भित्रिने तरकारीको विषादी परीक्षण गर्ने उदेश्यले प्रयोगशालाको स्थापना गरिएको थियो । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा राखिएको उक्त प्रयोगशालाको उद्घाटन् तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गरेका थिए । मालुङ्गा लुम्बिनी प्रदेशको सीमाना पाल्पासँग जोडिएको छ । गण्डकी सरकारले तत्कालीन समयमा गण्डकीका दुई नाका मालुङ्गा र तनहुँको खैरेनीटारमा प्रयोगशालाको कार्यालय स्थापना गरेको थियो ।
तनहुँको प्रयोगशाला गतवर्षदेखि संचालनमा आएको मन्त्रालयका प्रवक्ता गृष्म न्यौपानेले बताए । ‘तनहुँमा समस्या छैन’ उनले भने, ‘स्याङ्जामा प्रयोगशालाको लागि भवन भएन । भाडामा लिएको घर प्रयोगशाला संचालनको लागि उपयुक्त छैन् । जसले गर्दा प्रयोगशालामा आवश्यक सामान भए पनि जडान गर्न सकिएन् ।’ उनले हालसम्म कर्मचारीको पनि व्यवस्थापन नभएको बताए । प्रवक्ता न्यौपानेले प्रयोगशालाको लागि आफ्नै भवन निर्माणाधीन अवस्थामा रहेको बताउँदै भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र नया“ आर्थिक वर्षदेखी संचालनमा आउने बताए । कार्यालयमा अहिले प्रयोगशालाको लागि आवश्यक उपकरण पनि छैनन् । कार्यालयमा पाँचौ तहका एक कर्मचारी छन् । उनी कहिलेकाँही मात्र कार्यालय आउने स्थानीय बताउ“छन् । खाद्य, पशु र कृषीको गुणस्तर परीक्षण गर्ने उदेश्यले चेकपोष्टको रुपमा स्थापना गरिएको मन्त्रालयले जनाएको छ । प्रवक्ता न्यौपानेका अनुसार परीक्षणको लागि आवश्यक मेसिन र किट खरिद गरिसकिएको छ । मन्त्रालयले कार्यालय उद्घाटन गरेसँगै प्रयोगशालामा रहने कर्मचारीको लागि तालिमसमेत दिइसकेको जनाएको छ ।
कार्यालयमा एक÷एक जना अधिकृत तहका, एक÷एक जना सहायक स्तर र ३ जना कार्यालय सहयोगी गरि ७ जना कर्मचारी रहने व्यवस्था छ । स्याङ्जाको गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराईले तरकारी विषादी प्रयोगशालाको कार्यालय खुले पनि संचालनमा किन आएन भन्ने आफूहरु पनि प्रष्ट नभएको बताए । आफू पनि नया“ भएकाले यस विषयमा बुझ्ने मौका नमिलेको बताउदै उनले भने, ‘म फिल्ड जादाँ भवन बनेको कुरा थाहा पाए । संचालनमा कहिले आउँछ भन्ने स्थानीयको तीव्र चाहाना छ । मन्त्रालयमै गएर यस विषयमा छलफल गर्नेछु ।’ उनले उदेश्य अनुसार गरिएको लगानी सदुपयोग नभएको बताए । यो प्रदेशको मात्र नभई अन्र्तराष्ट्रिय नाका हो । भारतबाट आउने तरकारी राम्दी हुदैँ पोखरा भित्रिन्छ । कार्यालय उद्घाटन गरेर छाडिएको र हालसम्म कुनै काम नभएकाले यस विषयमा स्थानीयसमेत अनविज्ञ रहेको मेयर भट्टराईले बताए । कार्यालयको भवनको लागि १९ रोपनी जग्गा खरिद गरिएको छ । राम्दीमा रहेको सार्वजानिक जग्गालाई प्रगोग गरिने नगरपालिकाले जनाएको छ । मापदण्ड परीक्षण गरेपछि राम्रो भएमा जिल्ला भित्रयाउने र यदी मापदण्ड पुरा नभएका सीमानामा नै रोक लगाइनेछ । न्यौपानेका अनुसार स्थानीय कृषकले उत्पादन गरेको तरकारी परीक्षण गर्न चाहेमा परीक्षण गर्न सक्नेछन् ।
‘यसमा गण्डकीका कृषक मात्र होइन, पायक पर्ने जति अन्य प्रदेशका पनि आउन सक्छन्’ उनले भने । हाल नाकाबाट भित्रिने तरकारी परीक्षण सुरु नभएकाले रोक नलगाइएको मन्त्रालयले जनाएको छ । बाहिरबाट आएकोलाई परीक्षण गर्ने र जिल्लाभित्र उत्पादन भएकोलाई के गर्ने भन्ने प्रश्न उठिरहेको छ । जिल्लामा उत्पादन भएर मापदण्ड पुरा नभएकोलाई पनि रोक लगाउने निती मन्त्रालयको छ । मन्त्रालयले कार्यालय उद्घाटनको बर्षमा १ करोड रकम विनियोजन गरेको थियो । चालु वर्षमा करिव १० लाख विनियोजन गरेको प्रवक्ता न्यौपानेले जनाए । कृषि ज्ञान केन्द्र, बाली संरक्षण प्रगोगशालाबाट पनि सहयोग हुने भन्दै बीचका वर्षमा मन्त्रालयले वजेट छुट्याएको थिएन् । स्थानीय भुमिलाल बस्यालले यस कार्यालयको विषयमा आफूहरुलाई केही पनि जानकारी नभएको बताए । ‘तरकारी परीक्षण गर्ने भन्छ तर अहिलेसम्म न तरकारी ल्याएको देखेका छौ न कुनै मान्छे नै आएका छन्’ उनले भने, ‘कार्यालय खोलिएको छ । काम के हो थाहा छैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *