आर्थिक वर्ष २०७९/८० का लागि स्याङ्जाको गल्याङ नगरपालिकाले सार्वजानिक गरेको बजेट सर्वसम्मत पारित भएको छ । नपाले असार १० मा बजेट ल्याएको थियो । ११ औँ नगर सभाको पहिलो वैठकमा पेश भएको बजेटलाई दोस्रो वैठकले पारित गरेको हो ।
नगर उपप्रमुख हेमा न्यौपानेले ८६ करोड ५६ लाख ४२ हजार रुपैयाँको बजेट पेश गरेकी थिइन् । जसमा ३७ करोड १० लाख रुपैंयाँ संघीय सरकारको सशर्त अनुदान रहेको छ भने बाँकी ४९ करोड ४६ लाख ४२ हजार नगरपालिकाको बजेट रहेको छ । चालुतर्फ १५ करोड ३७ लाख २७ हजार रुपैयाँ खर्चको अनुमान गरिएको छ ।
बैठकमा नगर सभाका अध्यक्ष गुरुप्रसाद भट्टराईले जनतालाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गर्नेमा जोड दिएका थिए । नगर सभाका सदस्यले उठाएको प्रश्नको जवाफ दिदै नगरप्रमुख भट्टराईले नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी बजेट आएको बताए ।
Post Views: 17