राजीनामा माग गर्दै अनेरास्ववियूको संसद गेटअघि आन्दोलन

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गर्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) गण्डकी प्रदेशले आन्दोलन जारी राखेको छ । मंगलबार हुने प्रदेश सभा वैठकलाई सम्बोधन गर्न जान लागेका मुख्यमन्त्री पोखरेललाई संसद गेट अघि नदीपुरस्थित बाटो रोकेपछि मुख्यमन्त्री कार्यालयमा नै रहेको उनका प्रेस संयोजक भरतप्रसाद कोइरालाले बताए ।
११ बजेदेखी सुरु हुने प्रदेश सभा वैठकमा मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यसूचि रहेको थियो । आन्दोलनका कारण मुख्यमन्त्री कार्यालयबाट निस्किएका छैनन् । बाबु–आमाको नाम खोलिएको ट्रष्टमा बजेट छुट्याएको विषयलाई लिएर अनेरास्ववियू)ले आन्दोलन गरेको हो । सोमबार देखी मुख्यमन्त्री र शिक्षामन्त्री मेखलाल श्रेष्ठको अनुहारमा मुकुण्डो लगाएर रु १ दान रुपैयाँ संकलन अभियान पनि चलाएको छ । उक्त अभियानमा संकलित रकम प्रदेश सरकारको खातामा जम्मा गरिने अनेरास्ववियूका प्रदेश सचिव आरके पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *