गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र नेपालका लागि अस्ट्रेलियका राजदूत फ्यालिसिटी भोल्कबीच सोमबार भेटवार्ता भएको छ । मुख्यमन्त्रीकै कार्यकक्षमा भएको भेटघाटमा समसामयिक विषयसहित नेपालको संघीयता कार्यान्वयनका क्रममा देखिएका सबल पक्ष र दुर्बल पक्षका बारेमा उनीहरुबीच कुराकानी भएको छ ।
मुख्यमन्त्री पोखरेलले नेपाल र अस्टे«लिया बीचको सम्बन्ध अझ सुदृढ हुँदै जाओस् भन्ने चाहना व्यक्त गरे । उनले भने, ‘गण्डकी प्रदेशको विकासमा विशेष गरी शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, प्रविधि प्रवद्र्धनमा अस्टे«लियाको सहयोग हाम्रा लागि अपेक्षित छ । यहाँको भ्रमणले हामी बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्धत गर्ने नै छ ।’
नेपाल र अस्ट्रेलिया बीचको कुटनीतिक सम्बन्ध सन् १९६० मा स्थापना भए पश्चात २ देश बीचको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहँदै आएको मुख्यमन्त्री पोखरेलले बताए । २ मुलुकको शिक्षा र पर्यटन क्षेत्रको संलग्नताले गर्दा २ देशको सम्बन्ध जनस्तरसम्म फैलिएको उनको भनाइ थियो ।
अस्टे«लियन डेभलपमेन्ट कोअपरेसन कार्यक्रममा १९७९ मा नेपाललाई समावेश गराइएपछि आपसी सहयोग अझ बढेको मुख्यमन्त्री पोखरेलले स्मरण गरे । अस्ट्रेलियन सरकार र निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, वन वातावरण, प्रविधि, मानव विकास, ग्रामीण विकास, शान्ति निर्माण प्रक्रियामा महत्वपूर्ण सहयोग गरेको भन्दै उनले प्रशंसा गरे ।
नेपालले कपडा, कार्पेट, पेन्टिग आदि अस्ट्रेलिया निर्यात गर्दै आएको छ । भने नेपालले प्रशोधित तेल, तरकारी आदिको आयात गर्ने गर्दछ । मुख्यमन्त्री पोखरेलले भने, ‘अस्ट्रेलिया नेपालीका लागि प्यारो घरजस्तो भएको छ । ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अस्ट्रेलियामा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गएका छन् ।’
कतिपय नेपाली युवाहरु अस्ट्रेलियामा राम्रो काम प्राप्त गर्न सफल भएको र कतिपयले स्थायी आवासको अनुमति लिई परिवार नै बसोवास गरेको अवस्था छ । नेपाली विद्यार्थी र अस्टे«लियामा बसोबास गर्ने नेपालीप्रति अस्टे«लियामा देखाइएको सहयोगका लागि मुख्यमन्त्रीले आभार प्रकट गरे ।
प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालय र अस्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यका लागि समेत मुख्यमन्त्री पोखरेलले चासो व्यक्त गरे ।
राजदूत फ्यालिसिटी भोल्कले अस्ट्रेलिया सरकारले नेपालमा लामो समयदेखि शासकीय सुधारका क्षेमा काम गर्दै आएको भन्दै अहिले पनि संघीयता सुदृढीकरणमा समेत अहिले पनि आर्थिक र प्राविधिक सहयोग गरिरहेको जानकारी गराइन् । राजदूत भोल्कले सोमबार नै पोखराको हरियोखर्कस्थित ग्रिन पास्चर अस्पतालमा स्थापित अक्सिजन प्लान्टको उद्घाटन गरेकी छन् ।
कोभिडका बेलामा नेपाल सरकारले दातृ निकायसँग गरेको आग्रह अनुसार अस्ट्रेलियाले सहयोग गरेको उनले स्मरण गरिन् । अहिले पनि कोभिडबाट प्रभावितका लागि आर्यआर्जनका क्षेत्रमा आइएनएफमार्फत् काम हुँदै आएको उनले बताइन् । उनले भनिन्, जीविकोपार्जन, आयआर्जन, अपांगता भएकाहरुकाको लागि सबलीकरण कार्यक्रममा हामीले सहयोग गर्दै आएका छौं ।’
उनले गण्डकी विश्वविद्यालयसँग अस्ट्रेलियका शैक्षिक संस्थासँग सहकार्यका लागि समन्वय गर्ने प्रतिबद्धता समेत उनले जनाइन् । राजदूत भोल्कले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन र आसन्न प्रदेश सभा, प्रतिनिधि सभाको निर्वाचनको तयारीका बारेमा समेत राजदूतले चासो राखेकी थिइन् ।
