अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जनताको सेवा नै धर्म भएको बताएका छन् । गापाले गरेको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोलेका कामलाई पुरा गर्ने बताउँदै उनले भ्रष्टचाार मुक्त र शुुसासनसहितको पालिका बनाउन आफु लागेको बताए । तिवारीले भर्खर चुनाब जितेर आएको र पाचँ बर्षमा घोषणा पत्रमा भएका कुरालाई पुरा गर्ने बताए ।
निर्वाचन सकिएसँगै बजेट बनाउँने समय आउदाँ जनताकोमा पुगेर बजेट बनाउन नसकेको बताउँदै तिवररीले वडाका जनप्रतिनिधी भने जनताको गएको बताए । साना योजनालाई पालिकाले प्राथमिकता नदिएको बताउँदै तिवारीले परिणाम नभई गुणस्तरमा ध्यान दिने बताए । प्राबधिकले गलत मुल्याङकन गरेरमा बाहिरका ल्याएर गुस्तर नाप्ने बताउँदै तिवारीले हरेक नागरिककोमा पुग्ने गरी बजेट बिनियोजन भएको दाबी गरे ।
कसैसँग सम्झौता गरेर निर्माण, योजना बिनियोजनमा नलाग्ने बताउँदै तिवारीले केहि समय कामलाई हेर्न आग्रह गरे । पालिकामा भएका खर्च कति भयो जनताले जान्न पाउने बताउँदै हरेक तीन महिनामा सामाजिक संजालमार्फत सार्वजनिक गर्ने बताए ।
असक्क्तलाई घर घरमा पुगेर स्वास्थ्य सेवा दिने र पुराना जनप्रनिधीले गरेका कामलाई पनि निरन्तरता दिने तिवारीको भनाई थियो । कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ्ले रचनात्मक सुधार गर्दै अगाडी बढ्ने पाचँ बर्षमा केहि गरेर देखाउने बताए । शिक्षा र स्वास्थ्यका कारण बसाईसराई बढेको र रोक्ने प्रयास पालिकाले गर्ने उपाध्यक्ष गुरुङ्ले बताइन् ।
सुनुवाईमा प्रमुख प्रसासकिय अधिकृत उज्जल बहादुर बस्नेतले अगिल्लो बर्षमा एक सय ९७ वटा योजना रहेकोमा १० वटा मात्र काम नभएको बताए । पालिकामा प्रगतिको हिसाबले ९५ प्रतिशत रहेको बस्नेतको भनाई थियो । २४ जनाले गुनासो गरेको सार्वजनिक सुनुवाईमा पाचँ बर्षमा नमुना पालिका बन्ने गरी काम गर्न जनप्रतिनिधीलाई आग्रह गरेका थिए ।
