१३ वर्षिया नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा–५ लव्लीडाँडा लगी ललाईफकाई जवरजस्ती करणी गरेको आरोपमा पर्वतको कुश्मा नगरपालिका–६ घर भई हाल पोखरा–१३ बस्ने २४ वर्षिय कोखिमबहादुर विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार राती १० बजेको समयमा जवरजस्ती करणी गरेको आरोप पीडितको छ ।
विकलाई कास्कीबाट खटिएको प्रहरीको टोलीले शनिवार विहान पौने चार बजेट पक्राउ गरि आइतबार जिल्ला अदालत कास्कीमा जवरजस्ती करणी मुद्दा दर्ता गरि १० दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
Post Views: 21