धम्पुस सडकको दुई महिनामा काम सुरु हुने

Share this post :

Facebook
Twitter
WhatsApp

प्रदेशको नमुना सडकको रुपमा छनौट भएको धम्पुस सडकको दुई महिनामा काम सुरु हुने भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले कास्कीको धम्पुसमा निर्माण हुने प्रदेशकै नमुना सडक आगामी दुई महिनामा निर्माण कार्य सुरु हुने बताएका हुन् । सडकको अनुगमन गर्दै उनले डोलीडारबाट निर्माण हुने धम्पुसको घट्टेखोला, देउराली, खानीगाँउ हुदै ल्वाङसम्म जाने गण्डकी प्रदेशकै एक नम्बरको रुपमा रहेको बताए ।
मन्त्री बरालको बिषेश पहलमा निर्माण हुने उक्त सडक निर्माणमा गुणस्तरिय र छिटो छरितो ढंगले काम गर्न स्थानियले सहजीकरण गर्नुपर्ने समेत बताएका छन् । करिब ५८ करोडको लागतमा निर्माण हुने उक्त योजनाको डिपिआर समेत भई अब टेण्डरको अन्तिम चरणमा रहेको छ । उक्त सडक निर्माणले समग्र धम्पुसबासी र माछापुच्छ«े गाउँपालिकाको चक्रपथ जोड्न थप सहयोग पुग्ने मन्त्री बरालले विश्वास व्यक्त गरे । माछापुच्छ«े गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बैकुण्ठ भण्डारीले प्रदेशको एक नम्बरको सडकको रुपमा धम्पुस सडक परेकोले उक्त सडक निर्माणमा स्थानिय रुपमा पूर्ण रुपमा सहयोग हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *