गाउँ गाउँमा सामाजिक भत्ता पुराएको अर्जुनचौपारी गाउँपालिकाले घुम्ति वडा कार्यालयको शुरुवात गरेको छ । राज्य पुर्नसंरचनाका क्रममा वडा कार्यालयबाट टाढाँ रहेका गाउँमा वडाको सेवा पु¥याउने उदेश्यले घुम्ति वडा कार्यालय थालिएको हो ।
पालिकाको पहलमा वडा नम्बर ३ ले वडा कार्यालयबाट टाढाँ रहेको आग्रीखर्कमा घुम्ति वडा कार्यालय थालेको हो । वडा कार्यालय सिमलचौरबाट सबैभन्दा टाढा अर्थात सवारीसाधनडबाट डेढ घण्टा टोढाँ आग्रीखर्क पर्वत महाशिलासगँ जोडिएको गाउँ हो । वडा नम्बर ३ ले आग्री खर्कका पाचँ बर्ष भन्दा धेरै पहिलाबाट मोलपोत कर नदिएका ४९ घरधुरीमा मालपोत सेवा दिएको हो ।
वडाले पहिलो चरणमा मालपोत कर गाउँमा पुगेर लिएको बताउदै वडा अध्यक्ष शोभाकान्त काफ्लेले अब जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता दस्ता सेवाहरु एक महिनामा भित्र पुगेर दिने बताए । पालिका निर्माण जनतालाई छिटो छरितो सेवा दिने उदेश्यले भएको बताउदै पालिका अध्यक्ष प्रकाश तिवारीले अब सेवाबाट टाढाँ रहेका टोलमा पुगेर सेवा दिने बताए । पालिकाले सेवा दिएकोमा खुसी ब्यक्त गर्दै आग्रीखर्कका टिकाराम लम्सालले गाउँ गाउँमै सेवा दिएकोमा वडा र पालिका प्रति अभार प्रकट गरे ।
गाउँबाट दिन थालेको सेवाको लागि एक दिन लगायर वडा कार्यालयबाट दिएको बताउदै लम्सालले निरन्तर रुपमा सेवा दिन आग्रह गरे । ६ वटा वटा रहेको पालिकाका दुर्गम रहेका आग्रीखर्क जस्तै राम्चे, निबुवाबोट, सिर्घु, दारेगौडा जस्ता टोलमा पुगेर हरेक महिना जनताका अत्यावश्यक सेवा पालिकाले दिनेछ ।
