महानगरका मेयरको भेला पोखरामा हुने

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरको आयोजनामा देशभरका महानगरका मेयरको भेला पोखरामा हुने भएको छ । साउन १३ र १४ मा मेयर सम्मेलन हुने भएको पोखरा महानगरले जनाएको छ ।

महानगरपालिका संचालनका लागि आवश्यक कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि भेलाको आयोजना गरिएको मेयर धनराज आचार्यका प्रेस संयोजक गोविन्द सुवेदीले बताए । यस सम्मेलनलाई अँग्रेजीमा मेट्रो मेयर मिट नेपाल भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *