प्रकाशित एसईईको नतिजा स्याङ्जा र कास्कीमा गतवर्षको तुलनामा निकै खस्किएको छ । दुवै जिल्ला शिक्षा समन्वय समितिका अनुसार यसवर्ष र गतवर्षको रिजल्टमा आकाश र जमिनको भिन्नता छ । अघिल्ला दुई वर्ष कोरोना भाइरसको कारण एसईईमा सहभागि हुने विद्यार्थीलाई सम्बन्धित विद्यालयले आन्तरिक मूल्यांकन गरेर नम्बर दिएका थिए ।
जसका कारण ४ जिपिए ल्याउने विद्यार्थीको संख्या पनि सन्तोषजनक थियो । यसवर्ष राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिएर नतिजा प्रकाशन गरेको छ । स्याङ्जा कार्यालय प्रमुख गुरुप्रसाद पौडेलका अनुसार स्याङ्जामा ४ जिपिए ल्याउने विद्यार्थीको संख्या एउटा पनि छैन् । ‘यसवर्षको नतिजा लाजलाग्दो छ’ उनले भने, ‘अनलाईन कक्षा प्रभावकारी देखिएन ।’ कोभिड र वर्षाको कारण शैक्षिक सत्र समयमै संचालन नहुने, असोजमा सुरु भएको शैक्षिक सत्र ६ महिनापछि बन्द जसले गर्दा पाठ्यक्रम पनि अधुरै रहेको पौडेल बताउ“छन् ।
समयमै विद्यालय गएर पठनपाठन गरेजस्तो अनलाईनमा पढेर नहुने बताउ“दै उनले सरकारी विद्यालयको नतिजा वर्षेनी खस्किदै गएको बताए । ३.५ देखि ३.९ जिपिए ल्याउने विद्यार्थी जम्मा ६१ जना रहेको बताउ“दै उनले थपे, ‘साइन्स लिएर पढ्ने विद्यार्थीलाई समस्या देखियो । कि त ग्रेड बढाउन पुनः परीक्षा दिए मात्र हो । यदी परीक्षा नदिइ क्याम्पस पढ्ने हो भने, एजुकेशन, आर्टस् र कर्मशलाई मात्र बाटो खुल्यो ।’ उनका अनुसार अधिकाशं विद्यार्थीलाई गणित, विज्ञान र अग्रेजी विषयमा कमजोर देखिएको छ । अवका दिनमा पनि विद्यालयले वैकल्पिक अध्यापन गराउन खोज्यो भने नजिता झन् खस्किने कार्यालयले जनाएको छ । नियमित रुपमा कक्षामा उपस्थित नहुनु पनि नतिजा खस्कनुको अर्को कारण हो । कास्कीमा भने ४ जिपिए ल्याउने विद्यार्थी २ जना रहेका छन् ।
कास्कीमा प्रमुख नारायण सुवेदीले गतवर्ष ४ जिपिए ल्याउने विद्यार्थीको सख्या १५ रहेको बताए । ‘विद्यालयले मूल्यांकन गरेर दिएको नम्बर जस्तो परीक्षा बोर्डले लिदा भएन’ उनले भने, ‘सरकारी विद्यालय पनि कमजोर हुदै गएका छन् । अलिअलि इज्यत नीजि विद्यालयकै कारण रहेको छ ।’ उनले वर्षेनी एसईईको नजिता खस्किदै गएको बताए । स्याङ्जामा ४ हजार ८ सय ५४ विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने कास्कीमा १० हजार ४ सय ४१ जना थिए ।
