नेपाल मुद्रण उद्योग महासंघको टोली पाथर्दी सामुदायिक होमस्टेमा

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको टोली शुक्रबार साँझ तनहुँको पाथर्दी सामुदायिक होमस्टेमा पुगेको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन र संघका सदस्यबीच भाइचारा सम्बन्ध प्रगाढ बनाउने उद्देश्य अनुरुप संघको टोली तनहुँ भिमाद नगरपालिका- ९ मा चार वर्ष अघि सञ्चालित पाथर्दी सामुदायिक होमस्टे पुगेको हो ।

महासंघका महासचिव मनोहर दाहालका अनुसार टोलीले शनिबार बिहान मुद्रण उद्योग संघमा देखिएका समस्याबारे गम्भीर छलफल र मुद्रण उद्योग संघ तनहुँका टोलीको पदस्थापन गर्ने कार्यक्रम छ । टोली शनिबार नै पोखरा फर्किने कार्यक्रम रहेको उनले बताए ।

महासंघ गण्डकीका अध्यक्ष वसन्त बास्तोलाको नेतृत्वमा संघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मी, महासचिव कमल पोखरेलका साथै गण्डकी प्रदेश समिति, कास्की, तनहुँसहित विभिन्न जिल्लाका प्रतिनिधि गरी ७० जनाको टोली छ ।

महासंघ गण्डकी प्रदेश सदस्य गोविन्द सिग्देल संयोजक, धनश्याम गौतम र पुनम गुरुङ सदस्य रहेको समितिको व्यवस्थापनमा टोली होमस्टे पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *