एक्लै चुनाव लड्ने तयारीमा रहन माधनकुमार नेपालको निर्देशन

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक्लै चुनाव लड्ने अवस्था आउने बताउ“दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले गठबन्धनमा काँग्रेसले सम्मानपूर्वक सीट नदिए एक्लै पनि चुनाव लड्ने बताएका हुन् । शनिवार बेलुका पोखरामा पत्रकारस“ग भेटघाट गर्दै उनले चित्त बुझ्दो सीट बा“डफा“ट भए गठबन्धनबाटै चुनाव लड्ने बताएका हुन् । उनले आफूहरुको माग कति सीट भन्ने विषयमा भने खुलाएनन् ।
आगामी निर्वाचनको लागि तयारीमा जुटेको बताउदै नेपालले कार्यकर्तालाई भने, ‘पार्टी संगठन बलियो बनाउनुस । उम्मेदवार खडा गर्नुस ।’ माओवादीस“गै समाजवादी पार्टी पनि नेपालको राजनीतिमा तेस्रो स्थानमा रहेको उनको तर्क छ । उनले गठबन्धनबाट चुनाव लड्दा कसलाई कति सीट भन्ने विषयमा छलफल भइरहेको बताए । उनले ५ दलीय गठबन्धन मिलेर नै चुनाव लड्ने बताएका थिए । तर, स्थानीय तहको निर्वाचनपछि आफूहरु झस्किएको बताए । ‘का“ग्रेसका नेता मिले पनि कार्यकर्ता इमान्दारीता देखाउदैनन’ उनले भने, ‘गठबन्धन गरेर चुनाव लडीरहदा वडा तहमा मिल्न सकिएन । हामी इमान्दारपूर्वक भोट दिन्छौ का“ग्रेस दिदैन ।’ देशभरी सहमति नहुदा“ अवको निर्वाचनमा पनि के हुन्छ भनेर झस्किएको तर्क उनले राखेका थिए । उनले छोटो समयमा पार्टी राम्रो बन्दै गएको दावी गरे ।
उनले एक वर्षमा राख्ने पार्टीको वैठक पनि छिटो छिटो राख्दै कार्य समितिलाई प्रतिवेदनसमेत बुझाइसकेको बताएका थिए । उनले एमसीसीको विषयमा पनि टिप्पणी गरेका थिए । व्याख्यात्मक टिप्पणी गर्न सकिने अवस्था रहदा रहदै पनि विरोधीले विरोधको लागि मात्रै विरोध गरेको जनाए । ‘एमालेले कुनै पनि बुदा“ संशोधन नगरि पास गर्ने तयारीमा थियो’ उनले थपे, ‘हामी देशको हितमा नरहका बुदा“ सच्चाएर पास गर्ने भनेका थियौ । सोही सहमति अनुसार एमसीसी पारित भएको हो ।’ उनले देशको हित विपरीत भएमा व्याख्यात्मक टिप्पणी गरि पुनः उल्टाउन पनि सकिने बताए । नागरिकता विधेयक पारित स्वभाविक रहेको भन्दै भारतमा नेपाली चेलीले नागरिकता पाउन ७ वर्ष कुनुपर्ने भएपछि नेपालमा पनि भारतीय चेलीले ७ वर्ष नै कुनुपर्ने आफूहरुको माग रहेको अध्यक्ष नेपालको भनाई थियो । नेपालले बामपन्थी आन्दोलनलाई जोगाउने दायित्व आफूहरुको रहेको बताए । संचारकर्मीले एमालेस“गको एकता कति सम्भव छ भनेर प्रश्न गर्दा उनले एमालेले ५ जना नेतालाई देशद्धोही घोषण गरेको एमालेस“ग एकता सम्भव नरहेको बताए । उनले एमालेमा अव भविष्य नरहेको भन्दै शिक्षित नेता बेलैमा समाजवादी आउन पनि आग्रह गरेका छन् । आगामी निर्वाचनमा नेता नेपाल रौतहट या काठमाडौं कहा“बाट चुनाव लड्ने विषयमा नटुङगिसकेको भन्दै मतदाता र कार्यकर्ताको इच्छाअनुसार क्षेत्र तोक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *