ट्वाईलेटको खाल्टोमा हालेर नावालिकाको हत्या, आमासहित दुईजना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

अस्थाई ट्वाईलेटको खाल्टोमा हालेर छ महिनाकी नावालिकाको हत्या गरेको आरोपमा स्याङ्जा प्रहरीले आमासहित दुई जनालाई पक्राउ गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाकी २२ वर्षिया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमाल गाउँका २२ वर्षिय केदार कुमाल पक्राउ परेका हुन् । नावालिकासहित सम्पर्कविहीन भएकी रानालाई प्रहरीले खोजतलास गर्दा शुक्रबार दिउँसो गल्याङबाट नै पक्राउ गरेको हो । कुमाललाई पनि रानाकै साथबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले बताए ।
‘लक्ष्मी रानाले साउन १० गते छोरीलाई रातीको समय पारी १२ बजे ट्वाईलेटको खाल्टोमा हालेकी रहेछिन्’ डीएसपी खनालले भने, ‘छोरीको खोजतलास गर्दा सडेगलेको अवस्थामा खाल्टोमा लास भेटियो ।’ उनका अनुसार छोरीको हत्या गरेर कुमालसँग सोही दिन विवाह गरी भागेकी थिइन् । विना जानकारी घरमा कोही नभएको मौका पारी छोरीसहित सम्पर्कविहिन भएको भन्दै साउन १२ गते ससुरा सूर्यवहादुर रानाले प्रहरीमा खोजतलासको लागि निवेदन दिएका थिए । उनी सोही दिन पुनः विवाह गरी भागेकी थिइन् । लक्ष्मीका श्रीमान् मिनबहादुर राना रोजगारीको लागि तीन महिनादेखी इण्डिया छन् । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान गर्दै आएको जनाएको छ । नावालिकाको शव प्रहरीले सृर्यवहादुरलाई नै बुझाएको खनालले बताए । आरोपीत दुवैजनालाई आइतबार जिल्ला अदालतमा ज्यान सम्बन्धि कसूरमा मुद्दा दर्ता गरि १० को म्याद थप गरिएको डीएसपी खनालले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *