पोखरा महानगरपालिका–१७ विरौटमा रहेका एनआईएसिया बैँको एटीएम मेशिन फोर्दै गरेको अवस्थामा युवा पक्राउ परेका छन् । कास्की प्रहरीले पवर्तको कुश्मा नगरपालिका–३ का २३ वर्षिय कृष्णबहादुर विकलाई शुक्रबार राती पक्राउ गरेको हो । मेशिन फोरेर रुपैयाँ चोरी हुदैँ गरेको सूचना आएपछि प्रहरीले तत्कालै पक्राउ गरेको जनाएको छ ।
विकलाई जिल्ला अदालत कास्कीमा आइतबार चोरी उद्योग कसूर शिर्षकमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए । उनका अनुसार कृष्णबहादुर विक यसभन्दा अघि माछापुच्छ«े बैंकको एटीएम मेशिन फोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । उक्त धरौटी तिर्न नसक्दा पुर्पक्षको लागि थुनामा गएका विक पछि अदालतबाट मुद्दा फैसला हुदाँ तोकिएको कैद भुक्तानी गरि छुटेको अभिलेखबाट देखिएको छ ।
